राष्ट्र बैंकको पुननिर्माणः पप्पु कन्स्ट्रक्सन जाडिँदा योजना अलपत्र प्रकाशित मिति : 15 November, 2018 6:37 am काठमाडौं / ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ । प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप निर्णय हुन सकेको छैन । राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले ठेक्का टुंग्याउन नसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जिम्मा लगाएको थियो । कार्यालयसमेत एक महिनाभन्दा बढी समयदेखि अनिर्णीत छ । आजको कान्तिपुर दैनिकमा समाचार छापिएको छ ।