राजनीतिमा कुनै असम्भव र दुर्घटना हुँदैन भन्न सकिँदैन: प्रचण्ड प्रकाशित मिति : 1 April, 2018 10:07 am काठमाडौं, १८ चैत / एमाले र माओवादी केन्द्रबीच पार्टी एकता अन्तिम चरणमा पुगेको बेला अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बढी उत्साहित देखिन्थे । विवतका तीतामिठा अनुभवले पार्टी एकताको वातावरण बनाएको उल्लेख गर्दै उनले सम्मानजनक बराबरी सद्धिान्तका आधारमा एकता हुन लागेको खुलासा गरे । नेताहरुको क्षमताका आधारमा जिम्मेवारी बाँडफाँट गर्दै आफू र प्रधानमन्त्री केपी ओली सहअध्यक्ष भएर पार्टी चलाउने उनको भनाइ थियो । प्रचढडसँग गरिएको कुराकानी आजको कान्तिपुरको पृष्ठ ७ (विविधा पृष्ठ) मा छापिएको छ । उक्त कुराकानीमा प्रचण्डले भनेका मुख्य कुरा (बुँदागत) यस्ता छन् । -चुनावले एकताका लागि मल र सिँचाइको काम गर्यो । -फेरि कुनै दुर्घटना नै हुँदैन भन्न सकिँदैन, राजनीतिमा असम्भव कुरा केही हुँदैन । -महाधिवेशनसम्म सहअध्यक्ष अथवा दुई अध्यक्ष रहने र दुवैको हैसियत समान हुनुपर्छ भन्ने सोचेका छौं । -सरकार आलोपालोको कुरा अहिले सोचेका छैनौं । -युरोपियन युनियनको निर्वाचन अनुगमन प्रतिवेदनमा जस्तो भनाइ आयो, त्यो दुर्भाग्यपूर्ण छ । -गुटबन्दीले दुःख पाइयो भन्ने हामीलाई महसुस भएको छ । -देशभित्र र बाहिरका केही शक्तिलाई वामपन्थी मिलेको त्यति राम्रो लाग्दैन । -ओलीजीले भारतसँग सम्बन्ध विस्तार गर्न अलि बढी मिहिनेत गर्नुभएको छ । -केही मान्छे संघीयता असफल होस् भन्ने चाहना राख्छन् । -अदालत, सुरक्षा निकायलगायत राज्यका सबै अंग रुपान्तरण हुनुपर्छ । पत्रपत्रिकाबाट