लिभरपुल प्रिमियर लिगको दोस्रो स्थानमा उक्लियो प्रकाशित मिति : 12 November, 2018 7:26 am काठमाडौँ / इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझको खेलमा लिभरपुलले फूलह्यामलाई २–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ । आफ्नो घरेलु मैदानमा लिभरपुलका लागि सालाहले ४१ औं मिनेटमा गोल गर्दै पहिलो हाफ १–० को अग्रता दिलाए भने दोस्रो हाफमा शाकिरीले एक गोल थप्दै लिभरपुललाई अंक दिलाए । आजको अर्को खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडसँग सिटीले जित निकालेदै पुनः शीर्ष स्थानमा सिटी रहनेछ ।