कोउटिन्हो घाइते, ३ साता मैदानबाहिर रहने प्रकाशित मिति : 8 November, 2018 7:09 pm बार्सिलोना / ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो मंगलबार भएको इन्टर मिलनविरुद्धको खेलमा चोटका कारण कम्तिमा ३ साता मैदानबाहिर रहने भएका छन् । देब्रे खुट्टाको मांशपेशीमा हल्का च्यातिएको परिक्षणमा देखिएपछि बार्सिलोनाको स्वास्थ्य टोलीले कोउटिन्हो जानकारी दिएको छ । इन्टर मिलनविरुद्धको १-१ गोलको बराबरीमा टुंगिएको खेलमा कोउटिन्हो घाइते भएका थिए । खेलमा सुरुवाती रोजाईबाट खेलेका कोउटिन्हो पुरै ९० मिनेट नै मैदानमा बिताएका थिए । जारी सिजन बार्सिलोनाका लागि ५ गोल गरिसकेका कोउटिन्होले आइतबार हुने रियल बेटिसविरुद्धको खेल गुमाउने पक्का भएको छ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल ब्राजिलले उरुग्वे र क्यामरुनको सामना गर्दैछ । त्यसपछि नोइभेम्बर २४ मा लिगको खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडसँग खेल्दैछ भने मध्यसातामा पीएसभीसँग च्याम्पियन्स लिग खेल खेल्नेछ । च्याम्पियन्स लिगमा दोस्रो चरणमा स्थान पक्का गरिसकेको बार्सिलोना हाल ला लिगाको शीर्ष स्थानमा छ । एजेन्सी