चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा

लन्डन /  लन्डन क्लब चेल्सीले क्रिस्टल प्यालेसलाई ३–१ ले पराजित गर्दै   इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि अल्भारो मोरटाले २ तथा पेड्रोले एक गोल गरे । यस्तै क्रिष्टल प्यालेसका एन्ड्रोस टाउनसेन्डले एक गोल फर्काए ।

खेलको ३२ औं मिनेटबाट अग्रता बनाएको चेल्सीले दोस्रो हाफमा २ गोल थप्यो । चेल्सीका लागि ३२ औं मिनेटमा मोरटाले गोल गरेर पहिलो हाफमा अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको ५३ औं मिनेटमा क्रिष्टलका टाउनसेन्डले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए । चेल्सीका मोरटाले  खेलको ६५ औं मिनेटमा  दोस्रो गोल गरे । ७० औं मिनेटमा पेड्रोले गोल गर्दै चेल्सीलाई ३–१ को सहज जित दिलाए  ।

चेल्सीको ११ खेलबाट २७ अंक पुगेको छ । समान २७ अंक भएपनि गोल अन्तरमा चेलसीले लिभरपुललाई पछि पारेको हो । शीर्षस्थानको म्यानचेस्टर सिटीको २९ अंक छ । एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्