डा. केसी माथिल्लो डोल्पाको घरघरमा

दुनै डोल्पा, १७ चैत । डा. गोविन्द केसी स्थानीयवासीलाई घरघरमै उपचार सेवा प्रदान गर्न डोल्पाको माथिल्लो धो तराप उपत्यकामा आइपुग्नु भएको छ । स्थानीयवासीलाई हाडजोर्नी देखि अन्य जाँच गर्न आफू उक्त वस्तीमा आइपुगेको डा केसीले जानकारी दिनुभयो । माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामी सम्मले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या धेरै नै खेप्नुपर्ने भएकाले आफूले माथिल्लो डोल्पाको धो नै रोजेको बताउनुभयो ।

                                                    Dr. Govinda KC फाइल तस्विर

करिब ४ हजार मिटरको उचाइमा रहेको डोल्पो बुद्ध गाउँपालिकाको धोका स्थानीयबासीलाई घरमै उपचार गर्न औषधिसहित डा केसी यहाँ आइपुग्नु भएको हो । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुको सहयोगमा डा केसीले तीन दिनसम्म त्यहाँ बसी स्थानीयवासीको उपचार गर्ने जनाइएको छ । स्वास्थ्य क्षेत्रका सामान्य कर्र्मचारी पनि नदेखेका स्थानीयवासीले हाडजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान नै पाएको अनुभुति गरेको स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले बताउनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्