डोजरले जनप्रतिनिधि पाल्दै

डोल्पा /   नगर क्षेत्रको विकास कार्यमा प्रयोग गर्ने भन्दै महँगो मूल्यमा यहाँको एक नगरपालिकाले खरिद गरेको डोजर जनप्रतिनिधिको कमाई खाने भाँडो बनेको छ ।

त्रिपुरासुन्दरी नगरपालिकाले आन्तरिक विकास आयोजनाको काम गर्ने भनेर एक करोडमा खरिद गरेको हुन्डाई कम्पनीको डोजर जनप्रतिनिधिको तलब खाने माध्यम बनेको हो । प्रदेश सरकारले स्थानीय निकायको आन्तरिक स्रोत व्यवस्थापन गर्न सकेमात्र जनप्रतिनिधिलाई तलब खुवाउन सकिने निर्णय गरेको थियो ।

आफ्नो नगर क्षेत्रमा प्रभावकारी कर असुली तथा व्यवस्थापन पद्धतिसमेत तय गर्न नसकेको नगरले डोजरको आम्दानीबाट जनप्रतिनिधिलाई तलब खुवाएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।


प्रतिक्रिया दिनुहोस्