पाँच वर्षभित्र वृद्धभत्ता पाँच हजार पु¥याएरै छाड्ने : मन्त्री विष्ट प्रकाशित मिति : 12 October, 2018 5:30 am मेलम्ची, असोज / श्रम तथा रोजगारमन्त्री गोकर्ण बिष्टले आगामी पाँच वर्षभित्र वृद्ध भत्ता पाँच हजार पु¥याएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) सिन्धुपाल्चोक क्षेत्र नं २ ले आज मेलम्चीमा आयोजना गरेको विजया दशमी, दिपावली, छठ र ल्होछार पर्वको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उहाँले नेकपाको सरकार आएपछि छिमेकी देशसँगको सम्बन्ध राम्रो भएको बताउनुभयो । मन्त्री बिष्टले शिक्षा, स्वास्थ्य तथा रोजगारी जस्ता विषयलाई सरकारले उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले मुलुकको विकास र समृद्धितर्फ सरकार अघि बढेको बताउँदै मेलम्चीस्थित जिरोकिलो जोड्ने बाटो यही वर्षभित्र कालोपत्रे गर्ने काम अघि बढाइनेछ भन्नुभयो । प्रदेश नं ३ का सामाजिक विकासमन्त्री युवराज दुलाल शरदले प्रदेश सरकारलाई आवश्यक कानून निर्माणको काम सम्पन्न भइसकेको र अब चाडपर्व सकिने बित्तिकै सार्वजनिक गरिने बताउनुभयो । नेकपाका स्थायी कमिटी सदस्य अग्नि सापकोटा, झम्क नेपाल, डम्बर अर्याल, बालकृष्ण, मित्रलालचौलागार्इंलगायतले मुलुकको वर्तमान राजनीतिक अवस्थाका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।