मिक्वाखोला सहयोग समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न (फोटो फिचर) प्रकाशित मिति : 29 September, 2018 7:53 pm काठमाडौ ,१३ असोज / मिक्वाखोला सहयोग समिति काठमाडौंकोले शुभकामना आदानप्रदान तथा सदस्यता प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम काठमाडौंको चाबहिल स्थित जुम क्याफेमा सम्पन्न भएको हो । प्रतिनिधि सभा सदस्य तथा नेकपाका नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा आयोजना गरिएको उक्त कार्यक्रममा संस्थाको साधारण , आजिवन र संरक्षक गरि तिन चरणमा सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य योगेश भट्टराई , अतिथी नेकपाका केन्द्रिय सदस्य तथा पुर्व सभासद पासाङ शेर्पा , पुर्व सभासद डम्बरध्वज तुम्बाहाङ्फे र पुर्व सांसद ओम प्रकाश ओझाले क्रमश साधारण , आजिवन र संरक्षक सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए । शुभकामना मन्तव्य राख्दै प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले मिक्वाखोला गाँउपालिकाको विकासको लागि सदैव आफ्नो साथ र सहयोग रहने बताउदैं त्यसका लागि फुङुफुङे झरनालाई पर्यटकीय क्षेत्रको रुपमा स्थापित गराउन आवस्यक रहेको बताउनु भयो , यसका लागि यातायात र विद्युतको लागि पनि केन्द्रमा पहल गरिरहेको बताउनु भयो । कार्यक्रमको अतिथि पासाङ शेर्पाले मिक्वाखोला सहयोग समितिले काठमाडौमा बसेर पनि आफ्नो गाउँपालिकाको विकास र योजनाको कार्यक्रमको लागि पहल गर्न सक्षम रहेको बताउनु भयो , यसका लागि आफूले सके जति सहयोग गर्ने बताउनु प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रममा सरोकार केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा मिक्वाखोला सहयोग समिती ताप्लेजुङका सल्लाहकार चित्र गुप्त साँबाले कार्यक्रमको उन्नति र प्रगतिको कामना गर्दै सदैव साथ र सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रममा रेडियो तमोर ताप्लेजुङका संचालक समितिका अध्यक्ष रमेश बराल , गाउँपालिका समाजको तर्फबाट चन्द्र खोयाहाङ , लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रमको अध्यक्षता सहयोग समितिका अध्यक्ष हरि प्रसाद थलाङ्ले गरेका थिए भने स्वागत मन्तव्य समितिको कोषाध्यक्ष मान थलङ्ले राखेका थिए ।