बलात्कार रोक्ने बुटी मृत्युदण्ड प्रकाशित मिति : 9 September, 2018 8:29 am काठमाडौ / सहरमा एउटा यस्तो जमात छ, जो बलात्कारीलाई फाँसी दिनुपर्ने चर्को नारा लगाउँछन् । मृत्युदण्डले बलात्कारीलाई निमिट्यान्न पार्ने ठोकुवा गर्छन् । ससदमै बलात्कारीलाई नपुंसक बनाउनुपर्छ भन्नेसम्मका आवाज उठे । साँच्चै मृत्युदण्ड समाधानको बुटी हो त ? समाजशास्त्री, अपराधशास्त्रीदेखि मनोविज्ञसम्म एकै स्वरमा भन्छन्, हुँदै होईन । बरु मृत्युदण्डले प्रतिशोध बढाउने खतरा औल्याउँछन् । मारेर होईन, महिलालाई सम्मान गर्ने मानसिकताचाहिँ निर्माण गर्नुपर्छ, मनोविज्ञ गंगा पाठक भन्छिन्, कठोर दण्ड दिनुपर्छ, सचेत बनाउनुपर्छ । उनी रचनात्मक र व्यावहारिक समाधान खोज्नुपर्ने बताउँछिन् । आजको नेपाल साप्ताहिकमा यो खबर लेखेको छ ।