भुटान विरुद्ध पाकिस्तान २-० ले अगाडी, नेपालमाथि दबाब

ढाका / साफ सुजुकी कप (साफ च्याम्पियनसिप) मा भुटानविरुद्धको खेलमा पाकिस्तानले २–० को अग्रता लिएको छ । ढाकास्थित बंगबन्धु नेसनल स्टेडियममा खेलको २१ औं मिनेटमा मोहम्मद रिजाले पेनाल्टी बक्स भित्रबाट गोल गर्दै पाकिस्तानलाई अग्रता दिलाएका हुन् ।

२९ औं मिनेटमा हसान बसिरले गोल गर्दै अग्रता दोब्बर पारे । उनले मोहमद अलीको पासमा उत्कृष्ट फिनिस गरे । यो अग्रतालाई कायम राख्दै पाकिस्तानले खेल जितेमा समूहको अन्तिम खेलमा नेपालले बंगलादेशलाई हराउनुपर्ने हुन्छ । नेपालले त्यो खेल जितेमा नेपाल, बंगलादेश र पाकिस्तानमध्ये गोलअन्तरका आधारमा २ टोली सेमिफाइनल पुग्नेछन् । यद्यपी तीनै टोलीको समान ६ अंक भएमा भुटानविरुद्धको खेलको गोलअन्तर गणना हुने छैन । यस्तो अवस्थामा पनि नेपाल दोस्रो चरण पुग्ने पक्का छ ।

पाकिस्तानले पहिलो खेलमा नेपाललाई २–१ ले हराएको थियो भने बंगलादेशसँगको खेल १–० ले गुमाएको थियो । भुटान नेपालसँग ४–० र बंगलादेशसँग २–० ले पराजित भएको थियो ।

-हाम्रो खेलकुद


प्रतिक्रिया दिनुहोस्