चीनसँगको व्यापार विवाद अन्त्य गर्न वार्ता जारी : ह्वाइट हाउस प्रकाशित मिति : 8 September, 2018 9:57 am वासिङ्टन / चीनसँगको व्यापार सम्वन्धी विवाद अन्त्य गर्नका लागि दुई पक्षीय वार्ता जारी रहेको शुक्रबार अमेरिकाले जनाएको छ । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले चीनको व्यापार नीतिका बारेमा दुई पक्षीय वार्तामा छलफल भइरहेको जनाएको छ । ह्वाईट हाउसका आर्थिक सल्लाहकार लारी कुडलोले शुक्रबार दिएको जानकारी अनुसार वार्ता सकारात्मक रूपमा अगाडी बढिरहेको छ र आशा गर्ने ठाउँ देखिएको छ । “हामी लगातार छलफलमा छौँ, चीनले आफै समस्याको समाधान दिनेछ, अव यो भन्द समस्या हुनेछैन,” उहाँले भन्नुभयो । रासस/एएफपी