प्रधानमन्त्री ओलीले प्रदेशसभालाई सम्बोधन गर्ने कार्यक्रमको राज्यमन्त्रीद्वारा विरोध प्रकाशित मिति : 18 August, 2018 11:46 am भदौ २,काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश २ को प्रदेशसभालाई आज सम्बोधन गर्ने कार्यक्रमको, त्यहाँका सामाजिक व्यवस्था राज्यमन्त्री सुरेश मण्डलले सो सम्बोधनको विरोध गरेका छन् । राज्यमन्त्री सुरेश मण्डलले सामाजिक सञ्जालमार्फत ओलीको सम्बोधन असान्दर्भिक र अनुपयुक्त रहेकाले मधेस आन्दोलन, मधेसी शहिद र मधेसी जनताको भावनालाई सम्मान गर्दै सम्बोधनको कार्यक्रम फिर्ता लिई प्रादेशिक स्वायत्ततालाई सम्मान गर्न ओलीसंंग उनले अनुरोध समेत गरेका छन् । ‘प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यूको आज हुने भनिएको प्रदेशसभा –२ को सम्बोधन असान्दर्भिक र अनुपयुक्त छ । यो नेकपा सरकारको संघीयता माथि लगाम लगाउने पहिलो प्रयास हो’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘संघीय सरचनाको बिशेषता अर्थात प्रादेशिक स्वायत्तता बिरुद्धको यो कम्युनिष्ट सर्बसत्तावादको पहिलो एपिसोड हो, जसको म साक्षी बन्न सक्दिन । ’भनेका छन् ,।