अरबपतिहरु कहाँ बस्छन् ? अर्बपतिका कतिवटा घर ? प्रकाशित मिति : 11 August, 2018 9:50 pm यदि तपाइँसँग ५० करोड डलर भन्दा धेरै पैसा भयो भने तपाइँ कहाँ बस्नुहुन्थ्यो रु धेरैले पक्कै आफ्नो सपनाको संसार रोज्छन् । यहीँ प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेको थियो नाइट फ्रेन्क एलएलपी एजेन्सीले सन् २००९ देखि । यो रियल स्टेट तथा कन्सल्टेन्सी कम्पनीको स्थापना सन् १८९६ मा बेलायतमा भएको हो । यो एजेन्सीको रिपोर्ट अनुसार ५० करोड डलरको सम्पत्ति भएका धेरै मानिसहरु उत्तर अमेरिकी महादेशमा बस्दछन् । र, त्यसमा पनि सबैभन्दा धेरै अमेरिका र क्यानडामा । अर्थात् अमेरिका र क्यानडामा ५० करोड डलर भन्दा धेरै सम्पत्ति भएका विश्वका ३१।८ प्रतिशत मानिस बस्दछन् । त्यसपछि एसिया रहेको छ । एसियामा ५० करोड डलर भन्दा धेरै सम्पत्ति भएका विश्वका कूल मानिसहरुमध्ये २८।१ प्रतिशत मानिस रहेका छन् भने तेश्रो स्थानमा २५।४ प्रतिशत सहित युरोप रहेको छ । बाँकी १५ प्रतिशतमा मध्य एसिया, अष्ट्रेलिया, रुस, राष्ट्रमण्डलबाट स्वतन्त्र भएका देश (सिआइएस०, ल्याटिन अमेरिका र अफ्रिकामा बस्दछन् । रिपोर्ट तयारीका लागि एजेन्सीले वेल्थ एक्स नामक एक अन्तराष्ट्रिय डाटा कम्पनीसँग जानकारी लिएको थियो । यो डाटा कम्पनीले विभिन्न लक्जरी ब्राण्ड, एनजिओ र शिक्षण कम्पनीहरुसँग काम गर्दछ । यसका अलवा रिपोर्टका लागि विश्वका ५ सय ठूला बैंकमाथि भएको सर्भेबाट संकलित डाटा पनि प्रयोग गरिएको छ । यी ५ सय बैंकले विश्वका ५० हजार मानिससँग काम गर्दछन्, जसको कूल सम्पत्ति ३ अर्ब डलर रहेको छ । टपटेन अर्बपतिहरुको देश रिपोर्ट अनुसार धेरै अर्बपतिहरु बस्ने देशहरुमा अमेरिका, चीन, जर्मनी, जापान, हंगकंग, क्यानडा, स्विजरल्याण्ड, प्रmान्स, रुस, सिआइएस मुलुकहरु र बेलायत आउँदछ । यद्यपि अमेरिका र दोश्रो स्थानको चीनमा बस्ने अर्बपतिहरुको संख्यामा निकै अन्तर छ । अमेरिकामा चीनको तुलनामा १३ सय ४० बढि अर्बपति बस्द्यछन् । अमेरिकामा अर्बपतिको संख्या १८३० जना रहेको छ । सूचिमा भारत ११ औँ स्थानमा रहेको छ । भारतमा २ सय जना अर्बपति बस्दछन् । सन् २०१६ तथा २०१७ को बीचमा अर्बप्तिको संख्यामा सबैभन्दा धेरै हंगकंगमा बढोत्तरी भएको छ । यो बीचमा हंगकंगमा अबृप्तिको संंख्या २३ प्रतिशतले बढ्यो । उता बेलायतमा भने अर्बपतिको संख्या ४ प्रतिशतले घटे । अर्बपतिका कतिवटा घर ? रिपोर्ट अनुसार ५० करोड डलर भन्दा धेरै सम्पत्ति हुने धनाढ्यहरुका कम्तिमा पनि ३ वटा घर हुने गरेका छन् । जसमा आफ्नो आवास रहेको आलिशान बंगला पनि सामेल हुन्छ । सबैभन्दा धेरै घर हुने अर्बपति मध्य एसियाका हुने गरेका छन् भने अफ्रिकी अर्बपतिहरुका घर कम पाइएका छन् । यस्तै अर्बपतिहरुसँग दुई देशको नागरिकता हुनु पनि सामान्य पाइएको छ । रिपोर्ट अनुसार रुसमा ५८ प्रतिशत बैंक ग्राहकसँग दोहोरो पासपोट हुने गरेको छ । यस्तो संख्या एसियालीमा ३९ प्रतिशत र ल्याटिन अमेरिकीमा ४१ प्रतिशत रहेको छ । नाइट प्रmेन्क एलएलपीको रिपोर्ट अनुसार विश्वमा १ अर्ब डलर भन्दा धेरै सम्पत्ति हुने मानिसको संख्या २२ सय ८ जना रहेको छ । यो सूचि फोब्र्सको अर्बपतिको सूचिमा पनि उहीँ छ । बीबीसीबाट