कैलालीमा भेटिएका दुई वटा प्रेसर कुकर बम नेपाली सेनाद्धारा डिस्पोज प्रकाशित मिति : 18 July, 2018 1:21 pm कैलाली,२ ,साउन/ कैलालीको लम्की चुहा नगरपालिका–१, लम्की बजारमा बुधबार बिहान भेटीएका दुई वटा प्रेसर कुकर बम डिस्पोज गरिएको छ । अज्ञात समूहले गएराति मेघाश्री उद्योग परिसरमा बम राखेको प्रहरीले जनाएको छ । बम गोरंगेस्थित नेपाली सेनाको बम डिप्पोजल टोलीले डिस्पोज गरेको ईलाकाप्रहरी कार्यालय लम्की प्रमुख सुरेन्द्र जोशिले जानकारी दिएका छन ।