फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ तालिम आयोजना हुँदै


0
Shares

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे_ नेपालले आफ्ना सदस्यहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ‘फोटो पत्रकारका लागि एआई सीप (AI Skills for Photojournalists) व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ आयोजना गर्ने भएको छ।

एनएफपिजे नेपालद्वारा आयोजित उक्त दुईदिने कार्यशाला २०८३ साउन ९ र १० गते ९२५–२६ जुलाई २०२६० बिहान ७:०० बजेदेखि १२:०० बजेसम्म काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा सञ्चालन हुनेछ। कार्यशालाको प्रायोजन पनि स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलले गरेको छ।

कार्यशालामा फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता ९एआई० को प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको क्याप्सन लेखन, समाचार भिडियो निर्माण, गुणस्तरीय अडियो रेकर्डिङ, एआईमार्फत फोटो तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण , एआईको नैतिक प्रयोग तथा डिजिटल पत्रकारिताको भविष्यका विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण प्रदान गरिने जनाइएको छ

कार्यशालामा सहभागीहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक क्याप्सन लेखन, भिडियो स्टोरी निर्माण, अडियो रेकर्डिङ तथा एआई उपकरणहरूको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी सीप हासिल गर्नेछन्। यसका साथै समाचार कक्षमा एआईको प्रयोग, उत्पादकत्व वृद्धि तथा सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण दिइनेछ।

एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले बदलिँदो सञ्चार प्रविधिसँगै फोटो पत्रकारहरूलाई एआईमैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको जानकारी दिए। उनका अनुसार आधुनिक फोटो पत्रकारितामा एआईको प्रयोगलाई जिम्मेवार, नैतिक र प्रभावकारी बनाउँदै अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता अभ्यास प्रवर्द्धन गर्न कार्यशालाले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एनएफपिजे नेपालले कार्यशालामा सहभागी हुन इच्छुक आफ्ना सदस्यहरूलाई समयमै नाम दर्ता गर्न आग्रह गरेको छ। सिट सीमित रहेकाले अग्रिम दर्ता अनिवार्य गरिएको जनाइएको छ। नाम दर्ता तथा थप जानकारीका लागि एनएफपिजे नेपालका महासचिव घनश्याम श्रेष्ठसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।


प्रतिक्रिया दिनुहोस्