ताप्लेजुङ गोल्डकप २०८० को आय व्याय सार्वजनिक सुनाई सम्पन्न प्रकाशित मिति : 22 September, 2023 12:42 am असोज ४ गते । गत भदौ १४ गतेदेखि २० गतेसम्म सम्पन्न ताप्लेजुङ गोल्डकप २०८० मा करिब २३ लाख रुपैयाँ आम्दानी भएको विहिवार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । आयोजक लाखेजात्रा संञ्चालन समिति र फुटबल सँघद्धारा विरेन्द्रचोकमा आयोजित पत्रकार सम्मेलनमा २३ लाख बढि आम्दानी भएको जनाएको छ । प्रतियोगीतामा टिकट विक्री तथा सहयोगसहित ७३ लाख २४ हजार ७ सय ८५ रुपैयाँ आम्दानी संकलन गरेको थियो । ७ खेलको टिकट विक्रीबाट मात्र १८ लाख ७६ हजार ६ सय रुपैयाँ आम्दानी गरेको थियो । तीमध्ये ४९ लाख ८७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको समितिका कोषअध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । हाल लक्ष्मी सनराईज बैंकमा ८ लाख ५८ हजार ६ सय ४८ रुपैयाँ छ । फुङलिङ नगरपालिका नगर कार्यापालिका बैठकबाट स्विकृत ५ लाख रुपैयाँ,पाथीभरा याङवरक गाउँपालिकाबाट १ लाख,सिदिङमा गाउँपालिकाबाट ५० हजार,सिरीजङगा गाउँपालिकाबाट १ लाख,मिक्वाखोला गाउँपालिकाबाट १ लाख ५१ हजार,आठराई त्रिवेणी गाउँपालिकाबाट १ लाख र पक्ताङलुङ गाउँपालिकाबाट १ लाख सुनिश्चित गरेको छ । अधिकाँश गाउँपालिका अध्यक्षले भानु जन माध्यमिक विद्यालयको खेलमैदानस्थित स्टेजबाट नै रकम घोषणा गरेका थिए । स्थानिय तहमा सुरुवातमा परियोजना प्रस्ताव र कार्य सम्पन्न प्रतिवेदन समेत आयोजकलाई बुझाईसकेको कोषअध्यक्ष श्रेष्ठले बताए । कतिपय पालिकामा नयाँ प्रमूख प्रशासकीय अधिकृत आउने क्रममा रहेको र बजेट अख्तियारी पाउन बाकी रहेकाले तत्काल भुक्तानी पाउन बाँकी रहेको हो । गाउँपालिकाले तत्कालै स्विकृत रकम समितिको खातामा जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । फुङलिङ नगरपालिकास्थित ११ वटै वडाअध्यक्षबाट एकमुष्ट १ लाख १० हजार बुझाउनेगरि रकम सुनिश्चित गरेको वडा नं. ५ का वडाअध्यक्ष सोजित श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलन अघि समितिको बैठकले पारित गरेको आय व्यय अनुसार सबैभन्दा बढि खर्च मैदान निर्माणमा गरेको छ । मैदान निर्माणमा ८ लाख ९८ हजार ८ सय २५ रुपैयाँ खर्च गरेको छ । प्याराफिट निर्माणमा ४ लाख ९६ हजार ५ सय १५ रुपैयाँ खर्च गरेको छ । स्टेज मर्मत तथा व्यवस्थापनमा १ लाख १७ हजार ५ सय ४० रुपैयाँ खर्च गरेको छ । ट्रफी,मेडल र पुरस्कारमा ६ लाख ३४ हजार १ सय १७ रुपैयाँ खर्च गरेको छ । टिम व्यवस्थापन खर्चतर्फ १० लाख ९९ हजार ६५ रुपैयाँ खर्च गरेको छ । रेफ्री र अफिसियलमा ५ लाख १८ हजार १ सय २० रुपैयाँ खर्च गरेको छ । कार्यालय व्यवस्थापन खर्चतर्फ ३७ हजार ४ सय ९० रुपैयाँ भएको छ । आयोजक,सुरक्षा र स्यंमसेवक खर्च ४ लाख ७१ हजार ८ सय ६५ रुपैयाँ भएको छ । यातायात व्यवस्थापनखर्च ९८ हजार र प्रचार प्रसारका लागि मिडिया खर्च २ लाख ५ हजार ६ सय रुपैयाँ भएको छ । मायाको चिनो,स्टेशनी र व्यानर तथा छपाईतर्फ ४ लाख १० हजार रुपैयाँ खर्च भएको छ । अध्यक्ष देवराज गुरुङका अनुसार ११ दिनको अवधिमा प्रतियोगीता गर्न चुनौतीपूर्ण भएतापनि सवैको साथमा सफलतापूर्वक फुटबल प्रतियोगीता गर्न सम्भव बनेको बताए । अध्यक्ष गुरुङले भने,‘हामीसँग बहाना थिएन् । स्प्रष्ट कार्यक्रम थियो । त्यही भएर नाफा निकाल्नेगरि खेल सम्पन्न गर्न सम्भव बन्यो ।’ यसपटकको प्रतियोगीता व्यवस्थापन विगतको भन्दा उत्कृष्ट रहेको जिल्लाबासीले बताएका छन् । प्रत्येक दिन टिकटको आम्दानी ताप्लेजुङ गोल्डकप फेसबुक पेजबाट सार्वजनिक गर्ने गरेको थियो । बचत रकम सदरमुकामस्थित कुनै बैंकमा मुद्धतीमा राख्ने समितिको विहिबार बसेको बैठकले निर्णय गरेको छ । प्रतियोगीतामा दार्जिलिङसहित झापा,मोरङ,सुनसरी,इलाम,पाँचथर र ताप्लेजुङगरि ८ टिमको सहभागीता थियो । ताप्लेजुङ गोल्डकप २०८० को आय व्याय खर्च सार्वजनिक सुनाई सम्पन्न असोज ४ गते । गत भदौ १४ गतेदेखि २० गतेसम्म सम्पन्न ताप्लेजुङ गोल्डकप २०८० मा करिब २३ लाख रुपैयाँ आम्दानी भएको विहिवार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । आयोजक लाखेजात्रा संञ्चालन समिति र फुटबल सँघद्धारा विरेन्द्रचोकमा आयोजित पत्रकार सम्मेलनमा २३ लाख बढि आम्दानी भएको जनाएको छ । प्रतियोगीतामा टिकट विक्री तथा सहयोगसहित ७३ लाख २४ हजार ७ सय ८५ रुपैयाँ आम्दानी संकलन गरेको थियो । ७ खेलको टिकट विक्रीबाट मात्र १८ लाख ७६ हजार ६ सय रुपैयाँ आम्दानी गरेको थियो । तीमध्ये ४९ लाख ८७ हजार १ सय ३७ रुपैयाँ खर्च भएको समितिका कोषअध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । हाल लक्ष्मी सनराईज बैंकमा ८ लाख ५८ हजार ६ सय ४८ रुपैयाँ छ । फुङलिङ नगरपालिका नगर कार्यापालिका बैठकबाट स्विकृत ५ लाख रुपैयाँ,पाथीभरा याङवरक गाउँपालिकाबाट १ लाख,सिदिङमा गाउँपालिकाबाट ५० हजार,सिरीजङगा गाउँपालिकाबाट १ लाख,मिक्वाखोला गाउँपालिकाबाट १ लाख ५१ हजार,आठराई त्रिवेणी गाउँपालिकाबाट १ लाख र पक्ताङलुङ गाउँपालिकाबाट १ लाख सुनिश्चित गरेको छ । अधिकाँश गाउँपालिका अध्यक्षले भानु जन माध्यमिक विद्यालयको खेलमैदानस्थित स्टेजबाट नै रकम घोषणा गरेका थिए । स्थानिय तहमा सुरुवातमा परियोजना प्रस्ताव र कार्य सम्पन्न प्रतिवेदन समेत आयोजकलाई बुझाईसकेको कोषअध्यक्ष श्रेष्ठले बताए । कतिपय पालिकामा नयाँ प्रमूख प्रशासकीय अधिकृत आउने क्रममा रहेको र बजेट अख्तियारी पाउन बाकी रहेकाले तत्काल भुक्तानी पाउन बाँकी रहेको हो । गाउँपालिकाले तत्कालै स्विकृत रकम समितिको खातामा जम्मा गर्ने प्रतिबद्धता जनाएको छ । फुङलिङ नगरपालिकास्थित ११ वटै वडाअध्यक्षबाट एकमुष्ट १ लाख १० हजार बुझाउनेगरि रकम सुनिश्चित गरेको वडा नं. ५ का वडाअध्यक्ष सोजित श्रेष्ठले जानकारी दिए । पत्रकार सम्मेलन अघि समितिको बैठकले पारित गरेको आय व्यय अनुसार सबैभन्दा बढि खर्च मैदान निर्माणमा गरेको छ । मैदान निर्माणमा ८ लाख ९८ हजार ८ सय २५ रुपैयाँ खर्च गरेको छ । प्याराफिट निर्माणमा ४ लाख ९६ हजार ५ सय १५ रुपैयाँ खर्च गरेको छ । स्टेज मर्मत तथा व्यवस्थापनमा १ लाख १७ हजार ५ सय ४० रुपैयाँ खर्च गरेको छ । ट्रफी,मेडल र पुरस्कारमा ६ लाख ३४ हजार १ सय १७ रुपैयाँ खर्च गरेको छ । टिम व्यवस्थापन खर्चतर्फ १० लाख ९९ हजार ६५ रुपैयाँ खर्च गरेको छ । रेफ्री र अफिसियलमा ५ लाख १८ हजार १ सय २० रुपैयाँ खर्च गरेको छ । कार्यालय व्यवस्थापन खर्चतर्फ ३७ हजार ४ सय ९० रुपैयाँ भएको छ । आयोजक,सुरक्षा र स्यंमसेवक खर्च ४ लाख ७१ हजार ८ सय ६५ रुपैयाँ भएको छ । यातायात व्यवस्थापनखर्च ९८ हजार र प्रचार प्रसारका लागि मिडिया खर्च २ लाख ५ हजार ६ सय रुपैयाँ भएको छ । मायाको चिनो,स्टेशनी र व्यानर तथा छपाईतर्फ ४ लाख १० हजार रुपैयाँ खर्च भएको छ । अध्यक्ष देवराज गुरुङका अनुसार ११ दिनको अवधिमा प्रतियोगीता गर्न चुनौतीपूर्ण भएतापनि सवैको साथमा सफलतापूर्वक फुटबल प्रतियोगीता गर्न सम्भव बनेको बताए । अध्यक्ष गुरुङले भने,‘हामीसँग बहाना थिएन् । स्प्रष्ट कार्यक्रम थियो । त्यही भएर नाफा निकाल्नेगरि खेल सम्पन्न गर्न सम्भव बन्यो ।’ यसपटकको प्रतियोगीता व्यवस्थापन विगतको भन्दा उत्कृष्ट रहेको जिल्लाबासीले बताएका छन् । प्रत्येक दिन टिकटको आम्दानी ताप्लेजुङ गोल्डकप फेसबुक पेजबाट सार्वजनिक गर्ने गरेको थियो । बचत रकम सदरमुकामस्थित कुनै बैंकमा मुद्धतीमा राख्ने समितिको विहिबार बसेको बैठकले निर्णय गरेको छ । प्रतियोगीतामा दार्जिलिङसहित झापा,मोरङ,सुनसरी,इलाम,पाँचथर र ताप्लेजुङगरि ८ टिमको सहभागीता थियो ।