विभिन्न कार्यक्रमका साथ संघीय मेला सम्पन्न 

 ओमेन्सा राई 

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंघा गाउँपालिका वडा नं. २ खाम्दिमेमा विभिन्न कार्यक्रमका साथ संघीय मेला सम्पन्न भएको छ । भलिबल प्रतियोगितासँगै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा मेला सम्पन्न भएको हो ।  

मेलामा आयोजना भएको  भलिबल प्रतियोगितामा  पाथिभरा याङबरक गाउँपालिका वडा नं. ६ थुम्बेदिनको युनाइटेड क्लब विजयी भएको छ । यस्तै नागी पाँचथर उपविजेता भएको हो । 

सिदिङवा गाउँपालिका वडा नं. ७ सुरुमखिमको लालीगुँरास युवा क्लबले भने  सान्त्वनामा चित्त बुझाउनु परेको छ । उपाधि हासिल गर्ने टिमले  नगद ६० हजार सहित मेडल, प्रमाणपत्र  प्राप्त गरेका छन् भने उपविजेताले नगद ३५००० हजार पाएका छन् । यस्तै सान्त्वना टिमले १०००० हजार प्राप्त गरेको मेलाका उपाध्यक्ष उमेश अधिकारीले जानकारी दिएका छन् ।

त्यस्तै सांस्कृतिक कार्यक्रमको नृत्य तर्फ सिरिजंघा गाउँपालिका वडा नं.१ सिनामको सिनाम युनाइटेड प्रथम भएको छ । उक्त क्लबले ५००० हजार नगद र अन्य पुरस्कार प्राप्त गरेको छ । यसै गरी सिरिजंघा गाउँपालिका वडा नं. ४ को सिरिजंघा समूह द्वितीय भएको छ ।

सो क्लबले ३००० हजार नगद पुरस्कार प्राप्त गरेको छ भने सान्त्वना पुरस्कार सिनाम डाँडा गाउँ युवा क्लबले पाएको छ । यो क्लबले २००० नगद पुरस्कार प्राप्त गरेको हो । 

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय प्रमुख छिरिङ लामाले गरेका थिए । उक्त मेला विगत ११र१२ वर्ष अगाडि देखि लाग्दै आएको अधिकारीले बताए ।


प्रतिक्रिया दिनुहोस्