राष्ट्रिय क्रिकेट टोलीका कप्तान लामिछानेविरुद्ध बालिका जबरजस्ती करणीको उजुरी प्रकाशित मिति : 7 September, 2022 7:50 am काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको उजुरी परेको छ । १८ वर्ष भन्दा कम उमेरकी बालिका करणी गरेको अभियोगमा लामिछानेविरुद्ध मंगलबार साँझ जिल्ला प्रहरी परिसर, टेकु काठमाडौंमा किटानी जाहेरी परेको नेपाल प्रहरीको उच्च श्रोतले जनाएको छ । पीडित भनिएकी बालिकाको मंगलबार साँझ मेडिकल परीक्षण समेत गराएको प्रहरी स्रोतले जनाएको छ । यस विषयमा प्रहरी अधिकारीहरू थप बोल्न चाहेका छैनन् । बालिकाको उमेर कति हो अहिलेसम्म खुलेको छैन् । समाचार स्रोतका अनुसार सोमबार नै प्रहरीमा उजुरी दिने तयारी भएको थियो । तर मंगलबार साँझ मात्र उजुरी परेको हो । लामिछाने भने अहिले नेपाल बाहिर छन् ।