कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान
काठमाडौं । कर्णाली प्रदेशका सत्तारुढ दलबीच देखिएको विवाद समाधान भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र कांग्रेसँग असन्तुष्ट भएको प्रमुख सत्तारुढ घटक माओवादी सहमतिमा आएपछि समस्या समाधान भएको हो ।
आइतबार बसेको सत्ता गठबन्धन दलका नेताहरूबीचको छलफलमा मुख्यमन्त्री शाहीले माओवादीले उठाएका विषय सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि सहमति भएको हो ।
सत्तारुढ दलहरूबीच सहमति भएसँगै आज दिउँसो तीन बजेका लागि प्रदेश सभा बैठक बोलाइएको छ । यसअघि मुख्यमन्त्री शाहीको कार्यशैलीको विरोध गर्दै माओवादीका सांसदले संसद चल्न दिएका थिएनन् ।