एमालेले क्लिन स्विप गरेको मैवाखोलामा कुन दलको अवस्था कस्तो ?

ताप्लेजुङ । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा ताप्लेजुङ जिल्लाको मैवाखोला गाउँपालिकाका राजनीतिक दलहरू पनि आन्तरिक तयारीमा तीब्र रुपमा जुटन थालेका छन् । यहाँ नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपामा एकीकृत समाजवादी, राप्रपा, नेपाल लगायतका दल निर्वाचन केन्द्रित कार्यक्रममा व्यस्त हुन थालेका छन् ।

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचन परिणाम अनुसार मैवाखोलामा नेकपा एमाले क्लिन सिट गरेको थियो । ६ वटा वडा रहेको उक्त गाउँपालिकामा ६ वटै वडामा नेकपा एमालेले विजयी हासिल गरेको थियो । यो गाउँपालिकामा वि. सं. २०४८ साल देखि नै नेकपा एमालेले कब्जा गर्दै आएको छ । तर, यो पटकको निर्वाचनमा भने नेकपा एमालेलाई चुनौती बनेको छ । चुनौतीको मुख्य कारक भने नेकपा एकीकृत समाजवादी हो । २०७४ सालको चुनावमा नेकपा एमाले र नेकपा एस एउटै पार्टी रहेको थियो ।

२०७४ सालको निर्वाचनमा एमाले पहिलो काँग्रेस दोस्रो र माओवादी केन्द्र तेस्रो शक्तिका रुपमा देखिएको उक्त गाउँपालिकालाई यो पटक जिल्लाकै विषेश पालिकाका रुपमा हेरिएको छ । आगामी निर्वाचनमा एमालेलाई हराउनका लागि नेपाली काँग्रेस, माओवादी केन्द्र नेकपा एस तालमेल गर्ने तयारीमा रहेका छन् । उक्त दलहरु एमालेको वर्चश्व तोडेर आफू स्थापित हुने दाउमा देखिन्छन् ।

२०७४ सालको गाउँपालिकाको मतपरिणाम
२०७४ सालको निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका राजन कुमार थक्लुङले १८१८ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसका डम्बर बहादुर लिम्बुले १२१९ मत, माओवादी केन्द्रका नवीन वनेमले ८६९ मत, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका बिष्णु कुमार लिम्बुले ४९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका बेनु प्रसाद नेवार ३७ मत प्राप्त गरेका थिए ।

यस्तै उपाध्यक्षमा नेकपा एमालेकी कौशीला थक्लुङ लिम्बूले १९५१ मत ल्याइ विजयी हासिल गरेकी थिइन् । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी सुजता लिम्बू १०८४ मत, नेकपा माओवादी केन्द्रकी सुस्मीता वनेमले ८५८ मत, राष्ट्रिय जनमुक्ति पार्टीका ठाकुर सिं लिम्बुले ४२ मत ल्याएका थिए ।

वडा नम्बर – १
मैवाखोला गाउँपालिकाको वडा नम्बर एक ढुङ्गेसाँघुमा पनि एमालेले नै विजयी हासिल गरेको थियो । वडा अध्यक्षमा एमालेका दुर्गा प्रसाद तामाङले ३१९ मत ल्याएर विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू नेकपा माओवादी केन्द्रका चन्द्र कुमार तामाङले २८४ मत प्राप्त गरेका थिए । यस्तै नेपाली कांग्रेसका डम्बर बहादुर वनेमले ११३ मत प्राप्त गरेका थिए ।

वडा नम्बर – २
वडा नम्बर दुईको वडा अध्यक्षमा पनि नेकपा एमालेले नै जित हासिल गरेको थियो । उक्त वडामा नेकपा एमालेका सुरेन्द्र लिम्बुले ४१५ मत ल्याएर विजयी भएका थिए । तर, अहिले उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । उनका प्रतिस्पर्धा माओवादी केन्द्रका पदम लिम्बुले १०७ मत पाएका थिए भने नेपाली कांग्रेसका सरोज सुनुवारले ३८ प्राप्त गरेका थिए । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उमेश वनेम लिम्बुले ३५ मत पाएका थिए ।

वडा नम्बर – ३
वडा नम्बर तीनको वडा अध्यक्षमा नेकपा एमालेका थर्क कुमार चोङवाङले ४०२ मत ल्याएर विजयी हासिल गरेका थिए । यस्तै उनका पतिस्पर्धीहरु नेपाली काँग्रेसका टेकनाथ लिम्बुले ३०२ मत ल्याएका थिए । उनको निधन भइसकेको छ । यस्तै माओवादी केन्द्रका सुरेशमान पाङमाले ५१ मत पाएका थिए ।

वडा नम्बर – ४
वडा नम्बर चारको वडा अध्यक्षमा नेकपा एमालेका पूर्ण हाङ् लिम्बुले ३१२ मत ल्याएर विजयी हासिल गरेका थिए । उनका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसका कमल राज लिम्बू (श्रेङ) ले २५४ ल्याएका थिए । यस्तै माओवादी केन्द्रका पेम्वा स्याङबु शेर्पाले १९४ मत प्राप्त गरेका थिए ।

वडा नम्बर – ५
वडा नम्बर ५ कोे वडा अध्यक्षमा नेकपा एमालेका कूल प्रसाद लिम्बुले २२६ मत प्राप्त गरी विजयी भएका थिए । यस्तै उनका प्रतिस्पर्धीहरू माओवादी केन्द्रका केशर लिम्बुले १७९ मत पाएका थिए भने नेपाली कांग्रेसका टका राजले १७२ मत ल्याएका थिए । साथै राष्ट्रिय जनमुक्ति पार्टीका ओजाहाङ लिम्बू (वनेम)ले ५ मत पाउँदा स्वतन्त्र तर्फका राम बहादुर बस्नेतले शुन्य मत पाएका थिए ।

वडा नम्बर – ६
वडा नम्बर ६ मा नेकपा एमालेका विष्णु प्रसाद नेयोङले २७३ मत ल्याइ विजयी भएका थिए । उनका प्रतिस्पर्धीहरू नेपाली कांग्रेसका सन्त कुमार थोप्राले २३७ मत पाएका थिए भने माओवादी केन्द्रका प्रेम कुमार नेयोङले ४० मत पाएका थिए ।

उक्त गाउँपालिकाको ६ वटा वडा मध्ये वडा नम्बर ४ को दलित महिला सदस्य बाहेका सबै वडा सदस्यहरुमा नेकपा एमाले नै जित हासिल गरेको थियो । वडा नम्बर ४ मा दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसकी प्रमिला बिश्वकर्माले जित हासिल गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्