मेयर कपको उपाधि सिदिङ्वा गाउँपालिकालाई

ताप्लेजुङ । ताप्लेजुङको भानु जन माध्यमिक विद्यालयको खेल मैदानमा गत चैत्र ९ गतेबाट जारी पालिका स्तरीय मेयर कप  पुरुष भलिबलको  उपाधि सिदिङ्वा गाउँपालिकाले हात पारेको छ ।

फुङलिङ नगरपालिकाले आयोजना गरेको  मेयर कप अन्तर पालिका स्तरीय  भलिबल प्रतियोगितामा उपाधिका लागि सिरिजङ्घा र सिदिङ्वा गाउँपालिका विच प्रतिस्प्रधा भएको थियो । 

सिदिङ्वाले पाच सेटमा तिन सेट आफ्नो पक्षमा पारेको हो । सिदिङ्वाले २५–१९ , २५–२२, २५–२० को स्कोरमा जित निकालेको  हो । सिरिजङ्घा गाउँपालिकाले एक सेट मात्र जिते पछि उपविजेतामा सीमित भएको छ ।  

प्रतियोगितामा ताप्लेजुङका सम्पूर्ण ९ वटा पालिकाहरूको सहभागिता रहेको थियो । खेल लिगकम नकआउट  प्रणालीका आधारमा खेलाइएको थियोे । विजेता सिदिङ्वा गाउँपालिकाले नगद रु दुई लाख ५० हजार १ सय साथै मेडल प्रमाण पत्र र कप हात पारेको छ ।

उपविजेताले एक लाख ५० हजार १ सय साथै मेडल प्रमाण पत्र र कप प्राप्त गरेको छ । यस्तै तृतीय हुने पाथीभरा याङवरक र फक्ताङलुङ गाउँपालिकाले नगद रु ४० हजार १ सयका साथ मेडल प्रमाण पत्र र कप प्राप्त गरेका छन् ।  

तेस्रो संस्करण को मेयर कप २०७८ को समापन कार्यक्रममा जिसस प्रमुख  नगरप्रमुख, उपप्रमुख ,गाउपालिका प्रमुख, उपप्रमुख तथा कार्यलय प्रमुख लगायतको उपस्थिति रहेको थियो । 

२०७५ साल देखि वडा स्तरमा गरिएको मेयर कप पुरुष भलिबल  प्रतियोगिता २०७६ बाट स्तर वृद्धि गरि अन्तर पालिका स्तरीय  रुपमा खेलाउन थालिएको हो । गत वर्ष भने मिक्वाखोलाले उपाधी हात परेको थियो । 


प्रतिक्रिया दिनुहोस्