कक्षा भित्रै शिक्षकले छात्रालाई अनैतिक ब्यबहार

काठमाण्डौ असार ८ / कास्की पोखरा जटेस्वोर माध्यमिक विद्यालयका एक शिक्षकलाई यौनसोसण गरेको आरोप लागेको छ । कक्षा भित्रै शिक्षकले छात्रालाई यौन दुव्र्यवहार गरेको विद्यार्थी सयमले बताएका छ ।

शिक्षक महेन्द्र कुमार श्रेष्ठले यौन सोषण गरेको बालिकाहरुले दावी समेत गरेका छन, पढाउने समयमा संबेदनसिल अंगहरुमा छोईदिने र दुव्र्यवहार गर्ने विद्यार्थीले बताएको छ । बारम्बार विद्यार्थीलाई शोषण गर्दै आए पछि पीडित विद्यार्थीहरुले मुख खोल्न बाध्य भएको थियो।
विद्यार्थीका बयान अनुसार कक्षामा प्रवेष गर्ने बितीकै संबेदनसिल अंगहरुमा छुने र काखमा सुताएर यौन जन्य क्रियाकलाव गर्ने समेत बताएकी छिन।

पिंडीत विद्यार्थीले यस्तो अनैतिक व्यावाहार नगर्नु भन्दा पनी धम्की दिने गरेका र विद्यार्थीले खपेर बस्नु पर्ने बाध्य भएको समेत बताएकी छिन। विद्यालयमा यस्तो खबर बारमबार आए पछि सोहि विद्यालयका प्रधानध्यापकले फलोअफ गर्दा रंगेहात पक्राउ गरेका थिए ।


तर शिक्षक महेन्द्र कुमार श्रेष्ठले भने आरोप स्वीकार गरेको छैन । यस विषयमा कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्