ताप्लेजुङमा नेपालकै सर्वाधिक धनराशीको भलिवल प्रतियोगता हुँदै

काठमाडौं १०, बैशाख / नेपालकै सर्वाधिक धन राशीको ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगता’ ताप्लेजुङको मैवाखोला गाउँपालिकामा हुने भएको छ। नेपाल भलिबल संघ र ताप्लेजुङ जिल्ला भलिबल संघको प्राविधिक सहयोग तथा जलजले क्लब साँघुको आयोजना र मैवाखोला क्लव ढुंगेसाँघु, न्यू पाथिभरा क्लब फाकुम्बाको सह–आयोजनामा यही वैशाख २२ गते देखि २६ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगिता सञ्चालन हुने स्थान १६३५ मिटर उचाईमा रहेको आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो।
प्रतियोगितामा प्रथम हुने टिमलाई तीन लाख ५१ हजार पाँचसय पाँच रुपैयाँ, उपविजेतालाई एक लाख ७६ हजार दुई सय ५१ रुपैयाँ र सेमी फार्इनलका उपविजेता टिमहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने,प्रतियोगितामा सर्वोकृष्ट खेलाडीलाई १५,००० पन्ध्र हजार,विधागत पुरस्कारतर्फ वेस्ट सर्भर, वेस्ट डिफेन्डर, वेस्ट ब्लकर, वेस्ट सटर, वेस्ट कुइकर, वेस्ट ओपन स्पाइकर र वेस्ट कोचलाई जनही ७ हजारका दरले प्रदान गरिनेछ। प्रतियोगिताको कुल लागत ३६ लाख ५६ हजार रहेको बताइएको छ।

मैवाखोला गाँउपालिका स्थित श्री नरायाणी उ.मा.वी.को खेल मैदानमा हुने प्रतियोगितामा ७ वटै प्रदेशका ७ टिम तथा, आर्मी, पुलिस, सशस्त्र, विश्व विद्यालय अन्तर्गतको एक टिम गरी प्रतियोगितामा ११ वटै राष्ट्रिय टिमको सहभागिता रहने आयोजकले जनाएको छ।खेल लिग कम नकआउटका आधारमा सञ्चालन गरिने छ। प्रतियोगिता अवधीभर खेलाडीलाई खान,बस्नको लागि कुनै पनि समस्या नहुने र खेलाडीहरुलाई ढुक्क भएर खेलमा सहभागी हुन कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा प्रतिनिधीसभासांसद योगेश भट्टराईले अपिल गर्नुभयो ।
विश्वमा पाइने ३६ प्रजातीका लालिगुराँसहरू मध्ये ३२ प्रजातीका गुराँसको राजधानी तिनजुरे मिल्के जलजलेको काखमा अवस्थित उक्त स्थानमा जानुको मज्जानै बेग्लै हुने भन्दै प्रतियोगिताले राष्ट्रिय भाइचारामा समेत टेवा पुर्‍याउनुका साथै देशको पर्यटन विकास र सिंगो खेलकुद प्रवर्द्धनमा योगदान पुर्‍याउने सांसद योगेश भट्टराईले बताए।
नेपाल भलिबल संघका अध्यक्ष शर्माले पनि ताप्लेजुङ जस्तो जिल्लामा राष्ट्रिय स्तरको उक्त भलिवल प्रतियोगिता हुन लागेकोमा खुसी र शुभकामना व्यक्त गर्दै समय मिले सम्म प्रसिद्ध तीर्थस्थल पाथीभराको द्वारका रुपमा रहेको उक्त स्थानमा समय मिलेसम्म सहभागिता जनाउने आस्वासन दिनुभयो।

नेपालकै सर्वाधिक धन राशीको ‘तेस्रो पाथीभरा राष्ट्रिय पुरुष भलिवल प्रतियोगताको नगद पुरस्कारको प्रायोजन ताप्लेजुङ निवासी काठमाडौंका व्यवसायीहरु बलबहादुर तामाङ,रमेश बराल, ईश्वरी पौडेलले गरेका छन्। प्रतियोगितालाई थप आकर्षक र प्रभावकारी बनाउन विभिन्न जातजाती तथा सांस्कृतिक झाँकी साथै स्थानीय कलाकारहरूको साँस्किृतिक कार्यक्रमसमेत राख्ने आयोजकले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्