वर्षको पाँचौ महिला भलिबलमा एपिएफलाई उपाधि प्रकाशित मिति : 21 October, 2018 12:12 pm बागलुङ / विभागीय नेपाल एपिएफ क्लबले २२ औं संस्करणको राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार भएको फाईनलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले वर्षको पाचौं उपाधि जित्न सफल भएको हो । फाइल: तस्वीर बागलुङको गल्कोट नगरपालिकाको गल्कोट बहुमुखी क्याम्पसको प्राङ्गणमा भएको खेलमा एपिएफले पुलिसलाई लगातार २५–२०, २५–१२ र २५–१३ ले आफ्नो पक्षमा पार्न सफल हुँदै उपाधि जितेको छ । जितसँगै एपिएफको यो वर्षको पाँचौ तथा राष्ट्रिय महिला भलिबलको पनि पाचौ उपाधि जित्न सफल भएको हो चौथो उपाधि हो । यसअघि एपिएफले शेर बहादुर खड्का स्मृति महिला भलिबल, सभामुख कप, एनभिए क्लब लिग भलिबल र पोखरामा भएको तीज महिला भलिबल प्रतियोगिताको उपाधि जितेको थियो । यस्तै दुइ साता अघि काठमाडौंमा भएको आदी आबादी महिला भलिबलमा भने एपिएफ क्लबले उपविजेतामा चित्त बुझाएको थियो । यस्तै तेस्रो स्थानको लागि आजै भएको त्रिभुवन आर्मी र प्रदेश नम्बर ५ विचको खेलमा आर्मी विजयी भएको छ । आर्मीले प्रदेश नम्बर ५ लाई ३–० को सोझो सेटमा पराजित गदै तेस्रो स्थान प्राप्त गरेको छ । आर्मीले प्रदेश नम्बर ३ लाइ २५–१२, २५–९ र २५–१२ ले पराजित गरेको थियो । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी सर्वोउत्कृष्ट खेलाडी घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् । यस्तै आर्मीकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर, एपिएफकी मनिषा तामाङ उत्कृष्ट डिफेन्स, एपिएफकी हिरा केसी उत्कृष्ट ब्लकर, नेपाल प्रहरीकी कोपिला राना उत्कष्ट सर्भर र नेपाल प्रहरीकै कमला पुन उत्कृष्ट सेटर घोषित भईन् । प्रतियोगिताको बिजेता एपिएफले ५० लाख, दोस्रो भएको नेपाल पुलिसले ३० हजार रुपैयाँ र तेसो भएको त्रिभुवन आर्मीले २० हजार पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । प्रतियोगितामा तीन बिभागिय क्लब सहित ६ ओटा प्रदेश सहभागि भएका थिए । प्रदेश नम्बर १ ले अन्तिम समयमा आएर प्रतियोगितामा भाग नलिने जनाएको थियो । नेपाल भलिबल संघको आयोजना, जिल्ला भलिबल संघ बागलुङको व्यवस्थापन भएको प्रतियोगिताबाट राष्ट्रिय टोलीका १८ खेलाडी र ६ बैकल्पिक लागि २४ खेलाडीको छनोट गरिने नेपाल भलिबल संघका वरिष्ठ उपाध्यक्ष याम गुरुङले बताए । गुरुङले आफुहरुले खेलाडीहरुको नामावली संकलन गरेको र नेपाल भलिबल संघको बैठकपछि खेलाडीहरुको नामावली सार्वजनिक गरिने जानकारी दिए । -अर्जुन कार्की हाम्रो खेलकुद